images
images

गौरीशंकर सामुदायिक पुस्तकालयको वार्षिक साधारणसभा सम्पन्न

  • १ मंसिर २०८१, शनिबार १४:३३

दोलखा । गौरीशंकर सामुदायिक पुस्तकालयको १७ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

भीमेश्वर नगरपालिका वडा नम्बर ३ स्थित पुस्तकालयको हलमा सम्पन्न साधारण सभाको बागमती प्रदेशसभा सांसद भरत बहादुर केसीले उद्घाटन गर्नुभयो । कार्यक्रममा एएसबि जर्मन र रिड नेपालको आर्थिक सहयोग तथा गौरीशंकर सामुदायिक पुस्तकालयको आयोजनामा रहेको सुदृढ जोखिम व्यवस्थापन तथा समावेशी आर्थिक सामाजिक विकास मार्फत समुदायको उत्थानशीलतामा अभिबृद्धि परियोजना अन्तर्गत सामाजिक लेखापरीक्षण कार्यक्रम समेत सम्पन्न भएको छ ।

कार्यक्रममा परियोजना अन्तर्गत भएका क्रियाकलाप र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । पुस्तकालयका अध्यक्ष कृष्ण बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दिपशंकर चौलागाईँ, पूर्ब अध्यक्ष जीवन लामा, भीमेश्वर नगरपालिकाका ईन्जिनियर सुरेश राउत, भिनपा ५ का वडासदस्य एकमाया भुजेल, पुस्तकालयका सचिव नवराज न्यौपाने लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।