images
images

पौरखी कृषी सहकारीको कुल पूँजी २३ करोड ८३ लाख

  • १ मंसिर २०८१, शनिबार १८:०९

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–६ चोथाङस्थित पौरखी कृषी सहकारी संस्थाको कुल पूँजी २३ करोड नाघेको छ ।

सहकारीको १५ औँ वार्षिक साधारण सभाको अवसरमा सार्वजनिक प्रतिवेदन अनुसार सहकारीको कुल पूँजी २३ करोड ८३ लाख ७४ हजार ६२ रुपैयाँ पुगेको हो । १७ करोड ४५ लाख ४७ हजार बचत रहेको पौरखी कृषी सहकारीले १५ करोड ७७ लाख १८ हजार ४४५ रुपैयाँ ऋण लगानी गरेको छ । चोथाङ पशुपालन र स्वआर्जन साना किसान कृषी सहकारी संस्था एकिकरण भई बनेको पौरखी सहकारीमा कुल ४ हजार १८७ जना सदस्य रहेका छन् । जसमध्य ३१ सय १५ शेयर सदस्य, १ हजार ४८ बाल र २४ संस्थागत सदस्य हुन् ।

पौरखी कृषी सहकारीको आज सम्पन्न साधारणसभाको भीमेश्वर नगरपालिकाका मेयर ईश्वर मानन्धरले उद्धघाटन गर्नुभयो । साधारणसभामा संस्थाका कोषाध्यक्ष गोकुल प्रसाद न्यौपानेले आर्थिक, सचिव गोकर्ण बस्नेतले प्रगती प्रतिवेदन तथा आगामी नीति तथा कार्यक्रम र लेखा सुपरीवेक्षण समिति सदस्य भक्तबहादुर थापाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष हरीहर न्यौपानेको अध्यक्षतामा सम्पन्न साधारणसभामा जिल्ला सहकारी सँघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद दाहाल, भीमेश्वर नगरपालिकाको सहकारी शाखा प्रमुख नारायण प्रसाद सेढाई, जुनतारा कृषी सहकारी संस्थाको अध्यक्ष अनिता श्रेष्ठ लगाएतले मन्तव्य व्यक्त गरेका छन् ।

सहकारीले साधारणसभाको अवसर पारेर उत्कृष्ट कृषक, उत्कृष्ट बचतकर्ता तथा ऋणी, दुई जना ज्येष्ठ नागरिक र एसईई मा उत्कृष्ट अंक ल्याउने ३ जना विद्यार्थीहरुलाई सम्मान गरेको सहकारीका व्यवस्थापक सुरेश खतिवडाले जानकारी दिनुभयो ।