images
images

विश्व विख्यात बौद्ध धर्मगुरू सयाडो ६ महिनादेखि शैलुङको ध्यान केन्द्रमा

जिरी(दोलखा) । फा–उक सयाडो म्यानमारका प्रख्यात तथा सम्मानित बौद्ध धर्मगुरु हुन् । विश्वविख्यात ९१ वर्षीय बौद्ध धर्मगुरु फा–उक सयाडो दोलखाको शैलुङमा गत असारदेखि ध्यान गरेर बसिरहेका छन् । बौद्ध आस्थाका धरोहर उनी यो वर्ष वर्षाबास गर्न दोलखा आएका थिए ।

बौद्ध धर्मावलम्बीको महत्वपूर्ण वर्षबासको अवसरमा दोलखाको धार्मिक तथा पर्यटकीय स्थल शैलुङ क्षेत्रमा तीन महिना वर्षबास बस्न दोलखा आएपनि करिब ६ महिना पुग्नै लाग्दा समेत सैलुङमै छन् । यो बीचमा लुम्बीनीको भ्रमण पुगेर उनी फेरी दोलखा नै फर्किएका हुन् ।

कात्र्तिक १८ गते लुम्बीनी पुगेका धर्मगुरु फा–उकले प्राचिन कपिलवस्तुस्थित बुद्धले ज्ञान प्राप्तिपछि पहिलो पटक पिता सुद्धोधनलाई भेट गरेको कुदान निग्रोधाराम, कक्रुछन्द बुद्धको जन्मस्थल गोटिहवा, कनमुनी बुद्धको जन्मस्थल निग्लिहवाको भ्रमण गरेका छन् ।

साथै उनले मायादेवी मन्दिरको दर्शनसँगै ध्यान र पूजा समेत गरेका थिए । हेलिकप्टर चार्टर गरेर लुम्बिनी पुगेका उनी साताव्यापी भ्रमण पुरा गरी शुक्रबार दोलखा फर्किएका छन् । गत चैतमा पहिलो पटक नेपाल आएका उनले शैलुङ क्षेत्रलाई आफ्नो ध्यान गर्ने महत्वपूर्ण गन्तव्यको रुपमा रोजाईमा पारेका थिए ।

शैलुङको फस्कुस्थित साँगुतेमा उनकै नेतृत्वमा धम्मदायाद ध्यान केन्द्र निर्माण गरिएको छ । म्यानमारबाट आएपछि गत चैतमा बौद्ध भिक्षु धर्मगुरु शैलुङको थुम्कामा केही समय बसेका थिए ।

केही समय शैलुङको थुम्कामा रमाएपछि उनी नियमित ध्यानको लागि शैलुङ–७ फस्कुस्थित साँगुते झरेका थिए । थाइल्याण्डको महाचुलालोङकोन युनिभर्सिटीबाट दर्शनशास्त्रमा विद्यावारिधी गरेका उनलाई म्यानमार सरकारले उच्च सम्मानित ध्यान गुरुको उपाधि समेत प्रदान गरेको छ । दक्षिण एसियामा लोकप्रिय रहेको फा–उक ट्रेडिसनका कारण उनको चर्चा विश्वभर रहेको छ । उनले ३० वर्षसम्म जंगलमा बसेर जंगली कन्दमुल खाएर कठोर ध्यान साधना गरेका थिए । सोही क्रममा उनले ट्रेडिसन ध्यानको विकास गरेका थिए ।

गत चैतमा पहिलो पटक नेपाल आएका उनले शैलुङ क्षेत्रलाई आफ्नो ध्यान गर्ने महत्वपूर्ण गन्तव्यको रुपमा रोजाईमा पारेका थिए । करिब ४ वर्षअघि २०७७ सालमा स्थापना सुरु गरिएको ध्यान केन्द्र निर्माणको सकिएको छ । सो ध्यान केन्द्रमा भियतनामबाट आएका कतिपय बौद्ध भिक्षुहरुले ध्यान गरेर फर्किसकेका छन् भने केन्द्रमा अझै ध्यान गर्ने भिक्षुहरुको संख्या धेरै छ । 

तिनै बौद्ध धर्मगुरुले बुद्ध जन्मेको स्थान नेपालमा आउन मन लागेर आएको भन्दै शैलुङको ध्यान केन्द्रमा आउन आफुलाई कुनै आध्यात्मिक शक्तिले तानेको बताएका छन् । साँगुतेमा भियतनामका नागरिकहरुले ११० रोपनी क्षेत्रफलमा ध्यान केन्द्र बनाएको छ ।

करिब ४ वर्षअघि २०७७ सालमा स्थापना सुरु गरिएको ध्यान केन्द्र निर्माण सकिएको छ । सो ध्यान केन्द्रमा भियतनामबाट आएका कतिपय बौद्ध भिक्षुहरुले ध्यान गरेर फर्किसकेका छन् भने केन्द्रमा अझै ध्यान गर्ने भिक्षुहरुको संख्या धेरै छ । उनीहरुलाई करिब ६ महिनादेखि बौद्ध भिक्षु गुरुले ध्यान केन्द्रमा रहेर ध्यान र उपदेश बाँडिरहेको शैलुङ गाउँपालिकाका निवर्तमान अध्यक्ष भरत दुलालको भनाई छ ।

साँगुते क्षेत्र अहिले बौद्ध धर्मावलम्बीको धार्मिक केन्द्रको रुपमा विकसित हुँदै गएको छ । विश्व विख्यात बौद्ध धर्मगुरू सयाडोलाई भेट्न नेपाल सरकारका पूर्व गृहमन्त्री एवम् नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि केही महिनाअघि ध्यान केन्द्र पुगेका थिए ।

Screenshot