images
images

आज प्रजातन्त्रमाथि कु भएको दिन, मुलुकभर कालो दिवसका रुपमा मनाइँदै

  • १ पुष २०७९, शुक्रबार ०६:३६

काठमाडौं । आज पुस १ गते, अर्थात प्रजातन्त्रमाथि कु भएको दिन मुलुकभर कालो दिवसका रुपमा मनाइँदैछ ।
प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाले शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज मुलुकभर कालो दिवसका रुपमा मनाइँदैछ । २०१७ साल पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री विपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको सुरुवात गरेका थिए । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भएका पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी लगायतका नेतालाई गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाईको थियो । पुस १ गते तरुण दल लगायत संस्थाले प्रजातन्त्रमाथि प्रहार भएको दिनलाई कालो दिवसका रुपमा मनाउँदै आएका छन् । सोही अवसरमा आज नेपाली कांग्रेस र नेपाल तरुण दल लगायतले मुलुकभर विभिन्न कार्यक्रम गरी मनाउँदैछन् ।