images
images

प्रदूषण जाँचपासमा फेल हुने सवारीसाधनलाई एक लाख जरिवाना

  • १ पुष २०७९, शुक्रबार ०६:५७

काठमाडौं । सरकारले प्रदुषण जाँचपासमा फेल हुने सवारीसाधनलाई आजदेखि एक लाख सम्म जरिवाना गर्ने भएको छ ।

वायु प्रदुषण नियन्त्रणको उदेश्यले सरकारले मापदण्डभन्दा धेरै धुँवा फ्याँक्ने सवारीसाधनमाथि कारबाहीमा कडाई गर्न थालेको हो । वातावरण विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार आजबाट विभागले छड्के जाँच गरी कारबाही गर्न लागेको हो । छड्के जाँचमा मापदण्डभन्दा धेरै प्रदुषण फ्याँक्नेको पाइएमा एक लाखसम्म जरिवाना घिमिरेले बताउनुभयो । वातावरण संरक्षण ऐन २०७६ को दफा ४१ को उपदफा २ मा मापदण्डभन्दा धेरै धुँवा फ्याँक्ने बसलाई एक लाखसम्म जरिवाना हुनेछ । सवारी मर्मत गरी प्रदुषण जाँचपास गराएर मत्र सञ्चालनमा ल्याउन पाइने व्यवस्था रहेको छ ।