images
images

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा कसको सम्भावना कति ?

  • १ पुष २०७९, शुक्रबार १७:३६

हेटौंडा । बागमती प्रदेशमा कांग्रेस संसदीय दलको नेताका लागि रस्साकस्सी देखिएको छ ।

कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँ र केन्द्रिय सदस्य बहादुर सिंह लामाबीच प्रतिस्पर्धा हुने देखिएको हो । मुख्यमन्त्री बन्न संसदीय दलको नेता बन्नुपर्ने प्राव्धान रहेको छ । सोही अनुसार दलको नेता बन्न दुवै नेताहरु तिव्र लविङमा छन् । दलको नेता चुनिन बानियाँ र लामा दुवै जना निर्वाचन जितेदेखि नै काठमाडौंमै छन् । बानियाँ कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वास पात्र हुन् भने लामा पार्टीका प्रवक्ता प्रकाशशरण महत निकट हुन् । बानियाँलाई नेता प्रकाशमान सिंह र महामन्त्री गगन थापाको समर्थन देखिन्छ भने लामालाई महतका साथै सहमहामन्त्रीको समर्थन छ ।

बागमती प्रदेशमा देउवा पक्षका २४, सिंहको पक्षमा ९ जना गरी संस्थापन पक्षसँग ३२ जना सांसद छन् । काइराला–थापा समुहका ५ जना मात्रै सांसद छन् । बानियाँ र लामाबीच प्रतिस्पर्धा हुँदा देउवा पक्ष दुई भागमा विभाजित हुने देखिएको छ । प्रदेशसभाको दोस्रो कार्यकालका लागि निर्वाचित भएका बानियाँ कांग्रेस बागमती प्रदेश सभापति समेत हुन् भने पार्टीको केन्द्रिय सदस्य समेत रहेका लामा प्रतिनिधिसभाको सदस्यको टिकटका दाबेदार थिए ।