images
images

बसको ठक्करबाट काभ्रेपलाञ्चोकका एक पुरुषको मृत्यु

  • १ पुष २०७९, शुक्रबार १८:००

काठमाडौं । काभ्रेपलाञ्चोकका एक पुरुषको काठमाडौंमा बसको ठक्करबाट मृत्यु भएको छ ।

काठमाडौंको सिनामंगलमा बस्दै आएका काभ्रेपलाञ्चोकका ४२ वर्षिय रामकृष्ण रञ्जितकारलाई आज पैदल हिँडिरहेका बेला बसले ठक्कर दिएको हो । काठमाडौ महानगरपालिका ९ सिनामंगल कार्गो गेट अगाडि बा ५ ख ५६२२ नम्बरको बसले ठक्कर दिँदा उनी गम्भिर घाईते भएका थिए ।

गम्भिर घाईते भएका रञ्जितकारको उपचारका क्रममा काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनभयो । घटना लगत्तै प्रहरीले बस चालकलाई भने नियन्त्रणमा लिएको छ ।