
जिरी (दोलखा) । पौष लागेसँगै दोलखा सहित देशभर चिसो बढेको छ ।
देशभर चिसो बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । चिसो बढेसँगै विभागले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । विभागले देशका केही भू–भागमा बिहानीपख हुस्सु–कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन सबैमा आग्रह गरेको हो ।
अबको केही दिन बिहानको समयमा देशका धेरै स्थानमा हुस्सु, कुहिरो लाग्ने तथा मध्यान्ह सम्ममा क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको छ । आज विहानदेखि दोलखामा पनि अत्याधिक चिसो बढेको छ । चिसोका कारण वृद्धवृद्धा र बालबालिका बढी प्रभावित भएका छन् ।