images
images

इन्धनको मूल्य घट्यो

  • १ पुष २०७९, शुक्रबार २०:२७

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँले घटेको हो । मूल्य घटेसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेल/मटितेलका मूल्य प्रतिलिटर १७५ पर्नेछ । यसअघि पेट्रोल लिटरको १८१ र डिजेल/मटितेल १७८ रुपैयाँ थियो । हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत नै रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । भारतीय आयल कर्पोरेसन (आईओसी)ले आज नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएको थियो ।