images
images

वाणिज्य बैंकहरुको ब्याजदर घट्यो, हेर्नुहोस कुन बैंकको कति ?

  • ३० मंसिर २०८०, शनिबार १५:४२

काठमाडौं । बैंकहरुले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

मंसिर महिनाको तुलनामा व्याजदर घटाएर बैंकहरुले पौष महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत बैंकदर घटाएसँगै बैंकहरुले ब्याजदर घटाएका हुन् । बैंकहरुले प्रकाशित गरेको सूचना अनुसार समग्रमा २० वाणिज्य बैंकहरुको औषत ब्याजदर ० दशमलव ६२ प्रतिशतविन्दु घटेको छ । मंसिर महिनामा ९ दशमलव ९१ प्रतिशत रहेको २० बैंकहरुको औषत अधिकतम ब्याजदर, पुस महिनामा घटेर ८ दशमलव ९९ प्रतिशतमा झरेको छ ।

पुस महिनाका लागि २० मध्ये १८ वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । जसमध्ये सबैभन्दा बढी हिमालयन बैंकले ब्याजदर घटाएको छ । मंसिर महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा १० दशमलव ६०३ प्रतिशत रहेको सो बैंकको अधिकतम ब्याजदर पुसमा २ प्रतिशतविन्दुले घटेर ८ दशमलव ६०३ प्रतिशतमा झरेको छ ।

यसैगरी, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक र नेपाल एसबिआई बैंकले १ प्रतिशतविन्दु ब्याजदर घटाएका छन् । प्रभु बैंक र सानिमा बैंकले भने मंसिर महिनाकै ब्याजलाई निरन्तरता दिएका छन् । यी दुबैको अधिकतम ब्याजदर ९ प्रतिशत रहेको छ ।