
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा लोडसेडिङ गर्न थालेको छ ।
प्राधिकरणले उद्योगहरूमा दैनिक ८ घण्टा लोडसेडिङ गर्न थालेकाे हाे । लामाे समयदेखि दाेलखास्थित ४५६ मेगावाट क्षमताकाे माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएकाे बेला यस्ताे अवस्था आएकाे हाे ।
साथै पिक आवरमा भारतबाट विद्युत् आयात गर्न नसकिएको कारण देखाउँदै प्राधिकरणले उद्योगहरूमा लोडसेडिङ सुरु गरेको छ। पूर्वको मोरङ–सुनसरी करिडोरदेखि पश्चिमको नेपालगञ्ज–कोहलपुर करिडोर सम्मका उद्योगहरूमा कम्तीमा साढे ६ घण्टादेखि बढीमा १० घण्टासम्म दैनिक लोडसेडिङ भइरहेकोे छ ।
माथिल्लो तामाकोसी आयोजनामा बाढीले क्षति गरेपछि प्राधिकरणले यसअघि नै हिउँदमा लोडसेडिङ हुनसक्ने प्रक्षेपण गरेको थियाे । यसबारे प्राधिकरणले सञ्चारमाध्यमबाट पनि जानकारी गराएको प्रवक्ता चन्दन घोषले बताउनुभयो ।
अहिले रातिको समयमा केही विद्युत् भारत निर्यात भइरहे पनि अन्य समयमा भने निर्यात नगरेको प्रवक्तता घोषले बताउनुभयो । यो वर्ष भारतबाट ५० मेगावाटबाट विद्युत् आयात सुरु गरे पनि अहिल बढेर साढे २ सय देखि ३ सय मेगावाट पुगेको छ ।