images
images

पर्यटनमन्त्री आलेलाई कोरोना संक्रमण,नियमित कार्यक्रम स्थगित

  • ३ माघ २०७८, सोमबार ०६:१६

काठमाडौं । कोरोना भाईरस संक्रमण पुष्टि भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेले मन्त्रालयका नियमित कार्यक्रम र भेटघाट स्थगित गर्नुभएको छ ।

कोरोनाको सामान्य लक्षयण देखिएपछि पिसिआर परिक्षण गर्दा मन्त्री आलेको रिर्पोट पोजेटिभ आएको हो । पर्यटनमन्त्री आलेको स्वकिय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना पुष्टि भएको छ । दुवै जनामा कोरोनाको सामान्य लक्षयण देखिएपछि परिक्षण गराउँदा रिर्पोट पोजेटिभ आएको हो । अहिले दुवै जनाको अवस्था सामान्य रहेको मन्त्री आलेको स्वकिय सचिव रेग्मीले जानकारी दिनुभयो ।