
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज उनीहरुबीच भेटवार्ता भएको हो । भेटका क्रममा भोलि पाँचदलीय समन्वय समितिको बैठक बोलाउने सहमति भएको छ । दुवै नेता संवैधानिक व्यवस्था अनुसार नै चुनावहरु गर्न प्रतिवद्ध रहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।