दोलखा । दोलखामा संक्रिय कोरोना संक्रमितको संख्या ५० नाघेको छ ।
पछिल्लो २४ घण्टामा ८ जना नयाँ संक्रमित थपिएसँगै जिल्लामा संक्रिय कोरोना संक्रमितको संख्या ५२ पुगेको हो । आज विभिन्न पालिकामा ३७ जनाको एन्टिजेन परीक्षण गर्दा तामाकोशी गाउँपालिकाका ५ जना, जिरी नगरपालिकाका २ जना र भीमेश्वर नगरपालिकाका १ जना गरी ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।