images
images

प्रदेश २ को स्थायी राजधानी जनकपुर

  • ३ माघ २०७८, सोमबार ११:२५

जनकपुरधाम । प्रदेश २ को स्थायी राजधानी धनुषाको जनकपुर हुने भएको छ ।

प्रदेशको स्थायी राजधानीका बारेमा दलीय सहमति जुट्न नसकेपछि आज प्रदेशसभामा भएको मतदानमा स्थायी राजधानी जनकपुरधाम दुईतिहाइ बहुमतले पारित भएको हो । मतदानमा हाल अस्थायी राजधानीका रूपमा रहेको ऐतिहासिक नगर जनकपुरको पक्षमा ७८ मत परेको र सो मत प्रदेशसभाको दुईतिहाइ मत भएकोले उक्त प्रस्ताव पारित भएको सभामुख सरोजकुमार यादवले घोषणा गर्नुभएको छ । सभामुख यादवको संयोजकत्वमा गठित विशेष समितिले नामका लागि चार र राजधानीका लागि तीनवटा प्रस्ताव राखे पनि सहमति जुट्न नसकेपछि मतदान भएको हो । प्रदेशको नाम र स्थायी राजधानीको प्रस्ताव पारित हुन प्रदेशसभामा दुईतिहाइ बहुमत आवश्यक पर्दछ ।

सत्तारूढ जनता समाजवादी पार्टी, माओवादी केन्द्रले प्रदेशको नाम मधेस प्रदेश राख्नुपर्ने प्रस्ताव गर्दा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले त्यही प्रस्तावलाई समर्थन गरेको छ ।