images
images

आज मन्त्रिमण्डल विस्तार हुने

  • ३ माघ २०७९, मंगलवार ०७:४६

काठमाडौं । आज मन्त्रीपरिमण्डल विस्तार हुने भएको छ ।

सोमबार सत्ता गठबन्धनमा सहमति जुटेसँगै आज नयाँ मन्त्रीहरुको शपथ हुने भएको हो । सहमति अनुसार गठबन्धनको सबैभन्दा ठुलो दल एमालेले ८ वटा मन्त्रालय पाउने भएको छ । यस्तै माओवादी केन्द्रले प्रधानमन्त्री बाहेक ४ वटा मन्त्री र एउटा राज्यमन्त्री पाएको छ भने राप्रपाले ३ मन्त्री र एक राज्यमन्त्री पाएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ३ मन्त्री र एक जना राज्यमन्त्री पाउनेछ भने जनमत पार्टीले एक मन्त्री पाउने सहमति भएको हो । जसपालाई २ वटा मन्त्रालय प्रस्ताव गरिएकोमा स्वीकार गरेको छैन । एमालेले अर्थ, परराष्ट्र, रक्षा, भुमि सुधार, कृषि, स्वास्थ्य र महिला बालबालिका मन्त्रालय पाउने सहमति भएको हो । यस्तै माओवादीले भौतिक पुर्वाधार, सञ्चार, पयर्टन र संघीय मामिला मन्त्रालय पाउने सहमति भएको छ । राप्रपाले उर्जा, खानेपानी र युवा तथा खेलकुद मन्त्रालय, रास्वपाले गृह मन्त्रालय, शिक्षा र श्रम मन्त्रालय पाएको छ । यस्तै जनमत पार्टीले उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय पाएको छ । आज दिउँसो १ बजे शपथ ग्रहणको कार्यक्रम राखिएको छ ।