images
images

बागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

  • ३ माघ २०७९, मंगलवार ०८:१६

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिनु हुने भएको छ ।

गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका जम्कट्टेलले आज संसदबाट विश्वासको मत लिन लाग्नु भएको हो । मुख्यमन्त्री जम्मकट्टेलको विश्वासको मत लिने सम्बन्धी प्रस्तावबारे छलफलका लागि आज साढे १२ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ । सो बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । जम्कट्टेल गत पुस २५ गते ५ दलको समर्थनमा नेपालको संविधानको धारा १६८ को उपधार (२) बमोजिम मुख्यमन्त्री नियुक्त हुनु भएको थियो । मुख्यमन्त्री जम्मकट्टेलले पौष २६ गते प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरी कार्यभार सम्हाल्नु भएको थियो ।

११० सदस्यीय बागमती प्रदेशसभामा मुख्यमन्त्री जम्मकट्टेल ५ दलका ७० सांसदको समर्थनमा मुख्यमन्त्री बन्नु भएको हो । उहाँलाई नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्र केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सांसदले समर्थन गरेका छन् । ३७ सिट रहेको कांग्रेस र ३ सिट रहेको नेमकिपाले भने जम्मकट्टेललाई समर्थन गरेको छैन । यो अवस्थामा मुख्यमन्त्री जम्मकट्टलले सहजै विश्वासको मत पाउने देखिएको छ । प्रदेशसभामा मुख्यमन्त्री जम्मकट्टेलले ५६ मत मात्र पाएको खण्डमा जम्मकट्टलको नेतृत्वको सरकार कायम रहनेछ ।