images
images

विमान दुर्घटनाः बेपत्ता २ जनाको खोजीका लागि गोताखोरसँगै ड्रोन परिचालन

  • ३ माघ २०७९, मंगलवार ०८:४८

काठमाडौं । यती एयरलाइन्सको आइतबार पोखरामा भएको विमान दुर्घटनामा परेका २ जना अझै फेला परेका छैनन् ।

दुर्घटनालगत्तै परिचालन भएको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले निरन्तर प्रयास गर्दा पनि २ वटा शव अझै भेट्न नसकिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले जानकारी दिनुभयो । सम्पर्कविहिन रहेका २ जनाको दुर्घटनाको तेस्रो दिन आज पनि खोजी जारी रहने छ । उनीहरुको खोजीका लागि गोताखोरसहित ४ वटा ड्रोनको प्रयोग गरिनेछ । हिजो ड्रोन प्रयोग गरी २ जनाको शव पत्ता लगाइएको थियो । दुर्घटनाको पहिलो दिन ६३ र दोस्रो दिन ७ वटा शव फेला पारिएको थियो । आइतबार काठमाडौंबाट पोखरातफै आउँदै गरेको यती एयरलाइन्सको विमा पुरानो पोखरा विमानस्गल पछाडीको सेती खोँचमा दुर्घटनामा परेको थियो । विमान ४ जना चालक दलका सदस्य सहित ६८ यात्रुसहित ६२ जना सवार रहेका थिए ।

यती एयरलाइन्स दुर्घटनामा परेकामध्ये ७० जना मृत भेटिएका छन् । हिजोे साँझ थप एक यात्रुको शव फेला परेसँगै मृतकको संख्या ७० पुगेको हो । मृत्यु २१ जनाको शव पोखरामै पोष्मार्टम गरेर आफन्तलाई बुझाउने क्रम सुरु भएको छ भने ४९ शव काठमडौँ पठाइने जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी अजय केसीले जानकारी दिनुभयो । पोष्मार्टम सकिएका शव आफन्तलाई बुझाउँदै जाने उहाँले बताउनुभयो ।