images
images

आज मन्त्रीमण्डल विस्तार हुँदै, यी सांसद बन्दै छन् मन्त्री

  • ३ माघ २०७९, मंगलवार १०:११

काठमाडौं । आज मन्त्रीमण्डल विस्तार हुने भएको छ ।

सोमबार सत्ता गठबन्धनमा सहमति जुटेसँगै आज नयाँ मन्त्रीहरुको शपथ हुने भएको हो । सहमति अनुसार एमालेले अर्थ, परराष्ट्र, रक्षा, भुमि सुधार, कृषि, स्वास्थ्य र महिला बालबालिका मन्त्रालय पाउने सहमति भएको हो । जसअनुसार नेकपा माओवादी केन्द्रबाट रेखा शर्मा र सदन किराँती मन्त्री बन्ने पक्का भएको छ । तेस्रो मन्त्रीको नाम भने टुंगिन बाँकी रहेका मन्त्रीहरुले बताएका छन् । माओवादी केन्द्रले मन्त्री छनोटको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । सत्ता गठबन्धनबाट भएको भागबन्डामा माओवादीको भागमा चारवटा मन्त्रालय परेको छ । उपाध्यक्ष नाराणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पुर्वाधारमन्त्री भइसकेका छन् ।

यस्तै, आज हुने मन्त्रीपरिषद् विस्तारमा नेकपा एमालेले चार मन्त्री र २ राज्यमन्त्री पठाउने भएको छ । यसअघि एमालेबाट सरकारको नेतृत्व गर्दै विष्णु पौडेलले उपप्रधान तथा अर्थमन्त्रीको रुपमा शपथ लिइसकेका छन् । अब एमालेबाट थपिने मन्त्रीहरुमा पर्वतका पदम गिरी, सुनसरीका भगवती चौधरी, सर्लाहीका हरि उप्रेती कपिलबस्तुका बलराम अधिकारी रहेका छन् । उनीहरु चौ जना यसअघि मन्त्री बनेका थिए । यस्तै दुई राज्यमन्त्रीका रुपमा रौतहटका किरण साह र पर्साका राजकुमार गुप्तालाई शपथ खुवाउने तयारी रहेको एमाले उच्च स्रोतले बताएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले तीन मन्त्री पाउने तय भएको छ । सत्ता साझेदार दलमा सोमबार भएको सहमतिअनुसार राप्रपाले उपप्रधानमन्त्रीसहित उर्जा र सहरी विकासका साथै महिला बालबालिका तथा खेलकुद मन्त्री मध्ये एक मन्त्रालय पाउने भएको हो । जसअनुसार उपप्रधानमन्त्रीसहित उर्जा मन्त्री पार्टी अध्यक्ष राजेनद्र लिङदेन हुने निश्चित भएको छ । यस्तै नेता ध्रुवबहादुर प्रधान सहकारी विकास मन्त्री बन्ने सहमति भएको छ । यद्धपी अर्को मन्त्री छान्न भने सो पार्टीलाई सकस पर्ने देखिएको छ । राप्रपा स्रोतका अनुसार लिङदेन र प्रधानमन्त्री बन्ने निश्चित भएपनि उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री धवल शमशेर जबराबिचको रस्साकस्सीले नाम टुंगो लगाउन सकस भएको छ ।
आज दिउँसो १ बजे शपथ ग्रहणको कार्यक्रम राखिएको छ ।