images
images

यी नेता बन्दैछन् चार राजनितिक दलबाट मन्त्री

  • ३ माघ २०७९, मंगलवार ११:२९

काठमाडौं । चार राजनितिक दलहरुले सरकारमा पठाउने मन्त्रीको नाम टुंग्याएका छन् ।

सत्ता गठबन्धनको ठुलो दल एमाले, माओवादी, राप्रपा र रास्वपाले मन्त्रीको नाम टुंग्याएका हुन् । जसअनुसार नेकपा एमालेले सरकारमा सहभागी हुने चार जना मन्त्रीको नाम टुंगो लगाएको छ । एमालेबाट विमला राई पौडे, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती बन्ने भएका छन् । पौडेल परराष्ट्र र गिरी स्वास्थ्य मन्त्री बन्ने भएका छन् भने बाँकी मन्त्रीहरुको मन्त्रालय टुंगिन बाँकी छ ।

यस्तै माओवादी केन्द्रले पनि मन्त्रीको नाम टुंगो लगाएको छ । माओवादीले पाएको चार मन्त्रालय र एक राज्यमन्त्री लिने सहमति सत्ता साझेदार दलहरुका बिचमा भएको थियो । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी यसअघि नै भौतिक पुर्वाधार मन्त्री भइसकेका छन् । माओवादीबाट रेखा शर्मा सञ्चारमन्त्री बन्ने भएका छन् भने सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बन्ने भएका छन् । माओवादीको भागमा संघीय मामिला तथा सामान्यत प्रशासन मन्त्रालय छ । यद्धपी कुन मन्त्रालय नतोकी अमनलाल मोदीलाई शपथका लागि राष्ट्रपति भवन सितल निवास बोलाइएको छ । राजयमनत्रीमा कसलाई पठाउने टुंग्यो लागेको छैन । राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मनत्री बनाउने निर्णय भएको छ भने तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राजमन्त्री बन्ने भएकी छन् ।

यसैगरी राप्रपाबाट अध्यक्ष रजेन्द्र लिङदेनसँगै ध्रुवबहादुर प्रधान र विक्रम पाण्डे मन्त्री बन्ने भएका छन् । सत्ता गठबन्धनमा भएको भागबन्डामा राप्रपाले तीन मन्त्री र एक राज्यमनत्री पाएको छ । राप्रपा स्रोतका अनुसार अध्यक्ष लिङदेन उपप्रधान तथा उर्जामन्त्री बन्ने भएका छन् भने उपाध्यक्ष पाण्डे सहरी विकास मन्त्री बन्नेछन् ।