
काठमाडौं । देशभर नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको छ ।
कम्पनीको मोबाईल सेवा अन्र्तगतका ल्याण्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन आज मध्यान्ह १२ बजेदेखि अवरुद्ध भएको हो । नेपाल टेलिकमका इन्टर र एसएमएस सेवा समेत अवरुद्ध भएको उपभोक्ताहरुले गुनासो गरेका हुन् । सेवा अवरुद्ध भएपछि नेपाल टेलिकमका उपभोक्ताहरु समस्यामा परेका छन् । टेलिकमको आधिकारिक वेयवसाइड समेत अवरुद्ध भएको छ भने टेलिकमले अहिलेसम्म सेवा अवरुद्धबारे कुनै जानकारी गराएको छैन ।