images
images

राजेन्द्र लिङदेन उपप्रधान तथा उर्जामन्त्रीमा नियुक्त

  • ३ माघ २०७९, मंगलवार १३:१०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन उपप्रधान तथा उर्जामन्त्रीमा नियुक्त हुनुभएको छ ।

राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रपति कार्यालय शितलनिवासमा लिङदेनलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो । योसँगै प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारमा चार जना उपप्रधानमन्त्री भएका छन् । एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिकपुर्वाधार तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भइसकेका छन् । उनीहरुले गत पुस ११ गते नै सपथ लिएका थिए ।