images
images

कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने

  • ३ माघ २०७९, मंगलवार १३:३७

हेटौंडा । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको छ ।

कांग्रेस कार्यसम्पादन समितिको आज बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको हो । प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा आज हेटौँडामा बसेको कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिएर गुण र दोषको आधारमा सशक्त प्रतिपक्षीको भूमिकामा रहन निर्देशन दिने निर्णय गरेको कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक रुवालीले जानकारी दिनुभयो ।

बृहत शान्ति सम्झौता, गणतन्त्र, संविधानको रक्षाको लागि मुख्यमन्त्रीलाई विश्वासको मत दिने कांग्रेसको निर्णय छ । १ सय १० सदस्य रहेको बागमती प्रदेशसभामा बहुमतका लागि ५६ मत आवश्यक पर्नेछ ।