
दोलखा । कालिञ्चोक दर्शन लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर आईपिओ निष्काशन गरेको छ ।
कम्पनीले प्रतिशेयर १ सय अंकित दरबार ८ लाख ९६ हजार ४ सय कित्ता सेयर निष्काशन गरेको हो । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि १ लाख २० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ लाख ८ हजार कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीले सामुहिक लगानी कोषका लागि ५४ हजार कित्ता बाँडफाँट गरिसकेको छ भने २१ हजार ६ सय कित्ता कर्मचारीहरुका लागि छुटयाएको छ । यस्तै सामुहिक लगानी कोषका लागि ५४ कित्ता बाँडफाँट गरिसकेको छ भने २१ हजार ६ सय कित्ता कर्मचारीहरुका लागि छुटयाइएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ४८ करोड रुपैयाँ रहेको छ । आयोजना प्रभावित क्षेत्रका वासिन्दा वैदेशिक रोजगारीमा रहेका नेपाली र सर्वसाधारण लगानीहरुलाई आईपिओ निष्काशन पश्चात कम्पनीको भुक्तानी पुँजी ६० करोड रुपैयाँ पुग्नेछ । आईपिओ निष्काशनका लागि गराएको रेटिङ्ग अनुसार केयर रेटिङग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्युअर रेटिङग प्रदान गरेको छ ।
जसका कारण कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्दछ । कालिञ्चोक दर्शन लिमिटेड प्रचलित कानुन बमोजिम विसं २०६३ साउन १७ मा कालिञ्चोक हाइड्रापावर प्रालिको नामबाट दर्ता भएको थियो । कम्पनीमार्फत केबुलकार, होटल तथा रिसोर्ट र एमम्युजमेन्ट पार्क लगायतका परियोजना सञ्चालन गर्ने गरी २०७२ साल मंसिर २५ गते नेपाल सरकार उद्योग विभागबाट स्वीकृती प्राप्त गरेको थयो ।