प्रमुख राजनीतिक दलले थामी समुदायका नेताहरुलाई संसदमा एकपछि अर्को प्रतिनिधित्व गराउने क्रम बढ्दै गएको छ ।
नेकपा माओवादी केन्द्र र नेकपा एमालेले थामी समुदायका नेतालाई संसदमा प्रतिनिधित्व गराउने क्रम बढ्दै गएको हो । थामी समुदायवाट संसदमा प्रतिनिधित्व गर्नेमा दोलखाका नेताहरु रहेका छन् । दोलखा जिल्लामा थामी समुदायको बाक्लो उपस्थिती रहेका कारण यहि जिल्लावाट सांसद बन्ने गरेका छन् । दोलखामा थामी समुदायको करिव ३२ हजार जनसँख्या रहेको छ । नेकपा माओवादी केन्द्रले पहिलो पटक दोलखाका नेता चुनबहादुर थामीलाई सांसद बनाएको थियो । चुनबहादुर थामी समुदायको ईतिहासमै पहिलो सांसद हुन् । जनयुद्धमा होमिएका नेता थामीलाई माओवादीले शान्ति प्रक्रिया लगत्तै पहिलो संबिद्यान सभामा समानुपातिकतर्फ सांसद बनाएको थियो ।
चुनवहादुर सांसद बनेपछि पहिलो पटक सिंहदरवार छिरेर थामी समुदायका आवाजलाई बुलन्द बनाएका थिए । तर, पूवं सांसद थामी आफु पदमा रहँदा सोचे अनुसारको भूमिका निर्वाह गर्न नसकेको स्विकार गर्छन् । जनयुद्धले थामी समुदायको चेतनास्तर बढायो, राजनीतिक दलमा थामी समुदायको बलियो उपस्थिती भयो, चुनवहादुर भन्छन्, ‘पूर्वाधार विकास पनि भयो । तर, आर्थिक अवस्था र जीवनस्तरमा ठोस परिवर्तन ल्याउन सकिएन ।’ थामी समुदाय विगतको तुलनामा धेरै माथि उठे पनि समुदायलाई एउटै सुत्रमा गाँस्ने र एउटै उद्धेस्यमा लामबद्ध बनाउन नसक्दा मुल मुद्धा कमजोर भएको उनको भनाई छ । थामी समुदायको राजनीतिक र सामाजिक एकतावाट मात्रै उक्त समुदायको विकास र समृद्धि सम्भव रहेको चुनवहादुरको ठम्याई छ । पूर्व सांसद चुनवहादुर अहिले नेकपा माओवादी केन्द्रको केन्द्रिय सल्लाहकार सदस्य छन् ।
नेकपा माओवादी केन्द्रले पहिलो पटक दोलखाका नेता चुनबहादुर थामीलाई सांसद बनाएको थियो । चुनबहादुर थामी समुदायको ईतिहासमै पहिलो सांसद हुन् । जनयुद्धमा होमिएका नेता थामीलाई माओवादीले शान्ति प्रक्रिया लगत्तै पहिलो संबिद्यान सभामा समानुपातिकतर्फ सांसद बनाएको थियो । २०६४ सालदेखि लगातार नेकपा एमालेबाट समानुपातिकतर्फ सिफारिसमा पर्दै आएका ठूला थामीले पनि यो पटक संसदको यात्रा सुरु गरेका छन् । २०६४, २०७० र २०७४ मा एमालेले समानुपातिक उम्मेदवार बनाएका ठूला थामीले २०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि प्रदेशसभाको यात्रा गर्न पाएका हुन् ।
२०६४ सालदेखि लगातार नेकपा एमालेबाट समानुपातिकतर्फ सिफारिसमा पर्दै आएका ठूला थामीले पनि यो पटक संसदको यात्रा सुरु गरेका छन् । २०६४, २०७० र २०७४ मा एमालेले समानुपातिक उम्मेदवार बनाएका ठूला थामीले २०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि प्रदेशसभाको यात्रा गर्न पाएका हुन् । थामीलाई पटक–पटक सांसदको समानुपातिक उम्मेदवार बनाए पनि अवसर नदिएपछि थामी समुदायवाट एमालेको आलोचना हुँदै आएको थियो । दोलखा एमालेको शिफारिसमा थामी अहिले बागमती प्रदेशसभामा समानुपातिकतर्फ सांसद बनेका छन् । सांसद बनिसकेपछि थामीले पार्टीले न्याय गरेको र योगदानको कदर भएको प्रतिक्रिया दिए । आफुमा सामाजिक जिम्मेवारी थपिएकाले अब आफ्नो समुदायका साथसाथै दोलखाको बिकास र समृद्धिमा लागि पर्ने उनको भनाई छ ।
नेकपा माओवादी केन्द्रले दोलखाबाट डोल्मा थामीलाई बागमती प्रदेशसभामा समानुपातिकबाट सांसद बनाउने भनेपनि सातौँ नम्बरमा रहेकी उनलाई अन्तिम समयमा आएर हटाएको थियो । जनयुद्धमा श्रीमान् गुमाएकी डोल्मा आफै जनमुक्ति सेनाको एक योद्धा पनि हुन् । समानुपातिकमा उनी सांसद बन्ने पक्कापक्की भएर सामाजिक सञ्जालमा समेत धेरैले बधाई दिएपनि अन्तिम समयमा उनको नाम हटाईएको थियो । माओवादीले समानुपातिकतर्फ कम मत प्राप्त गर्दा डोल्माको नाम समेट्न नसकेको बताएको छ । नेपाली कांग्रेसले २०७९ सालको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा प्रदेशको समानुपातिकतर्फ कबिराज थामीको नाम सिफारिस गरे पनि उनी पनि सांसद बन्न सकेनन् ।
दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका र बिगुको ओराङ, चिलंखा, आलम्पु र बिगुमा थामी समुदायको बाक्लो बस्ती रहेको छ भने भीमेश्वर नगरपालिका, गौरीशंकर गाउँपालिकाको वडा नम्बर ८ र ९ मा, बैतेश्वर गाउँपालिकाको वडा नम्बर ६, ८ र मेलुङ गाउँपालिकामा अल्पसंख्यक थामी समुदायको बसोबास रहेको छ ।