images
images

बहराइनले दियो डाक्टर रुइतलाई १३ करोड रुपैयाँ बराबरको इसा अवार्ड

  • ३ माघ २०७९, मंगलवार २०:५५

आँखा सम्बन्धी वरिष्ठ डाक्टर सन्दुक रुइतले प्रतिष्ठित इसा अवार्ड पाएका छन्।

बहराइन सरकारले दिने पुरस्कार इसा अन्तर्गत मानवीय सेवाका लागि डाक्टर रुइत यो पटक विजेता बनेका हुन् । बहराइनका राजाका विशेष प्रतिनिधिले आज अवार्ड विजेताको घोषणा गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । बहराइन सरकारले प्रत्येक वर्ष वर्षमा प्रदान गर्ने सो अवार्ड विपद् रोकथाम, राहत, शिक्षा, मानव सेवालगायतका ११ वटा विधामा प्रदान गरिन्छ ।

सो अवार्डको स्वर्ण विजेताले १० लाख अमेरिकी डलर अर्थात् १३ करोड रुपैयाँ प्राप्त गर्नेछन् । अवार्डसँगै डाक्टर रुइतले १३ करोड रुपैयाँ प्राप्त गर्ने छन्। डाक्टर रुइतले नेपालसहित विश्वका विभिन्न देशका एक लाख ८० हजार भन्दा बढी मानिसको शल्यक्रिया गरेर आँखाको ज्योति दिन सफल भएका छन् ।