काठमाडौं । बागमती प्रदेशका १७ वटा स्थानीय तह आर्थिक विकास कार्यक्रमका लागि छनोट भएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नव प्रवद्र्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि १०४ वटा स्थानीय तह छनोट गर्दा बागमती प्रदेशका १७ वटा मात्रै छनोट भएका हुन् । यीमध्ये धादिङ र मकवनापुरको ४÷४ वटा स्थानीय तह छनोट भएका छन् । जसअनुसार धादिङका ज्वालामुखी गाउँपालिका, बेनीघाट रोराङग गाउँपालिका, नेत्रावती डबजोङ र गंगाजमुना गाउँपालिका छनोट भएका हुन भने मकवानपुरको मकवानपुरगढी गाउँपालिका, कैलाश गाउँपालिका, भिमफेदी गाउँपालिका र हेटौँडा उप–महानगरपालिका छनोट भएका हुन् । यस्तै सिन्धुलीको दुधौली नगरपालिका, मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका गरी ३ वटा, काठमाडौँको चन्द्रागिरी नगरपालिका, भक्तपुरको भक्तपुर नगरपालिका, रामेछापको मन्थली नगरपालिका, चितवनको रत्ननगर नगरपालिका र नुवाकोटको लिखु गाउँपालिका छनोट भएका छन् ।
यसैगरी दोलखाको भने ९ स्थानीय तह आर्थिक विकास कार्यक्रमका लागि छनोटमा पर्न सकेको छैन । बागमती प्रदेशका लागि १७ वटा स्थानीय तह छनोट भए पनि दोलखाको एउटै छनोटमा पर्न नसकेको हो । छनोट भएका स्थानीय तहहरुमा एकमुष्ट रुपमा ८८ करोड ५० लाख रुपैयँँ पठाइएको छ । आर्थिक वर्ष २०८०÷८१ को कार्यक्रम सञ्चालनका लागि आवेदन दिने स्थानीय तहहरुमध्ये तोकिएको योग्यता र आधार पुरा गरेका स्थानीय तहहरुलाई छनोट गरिएको मन्त्रालयले जनाएको छ ।













