images
images

५ महिनामा नेपाली विद्यार्थीको विदेश अध्ययनमा ४७ अर्ब ३४ करोड खर्च, भ्रमण व्यय ८५ अर्ब नाघ्यो

  • ४ माघ २०८१, शुक्रबार ०६:३७

काठमाडौँ । विदेश अध्ययनका लागि जाने नेपाली विद्यार्थीले चालु आर्थिक वर्षको ५ महिनामा ४७ अर्ब ३४ करोड खर्च गरेका छन् ।

नेपाल राष्ट्र वैंकले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चालु आर्थिक वर्षको ५ महिनामा नेपाली विद्यार्थीले विदेश अध्ययनका लागि मात्रै ४७ अर्ब ३४ करोड खर्च गरेका हुन् । देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थाहरु सञ्चालनमा रहेपनि विदेश अध्ययन गर्न जाने विद्यार्थीको संख्या बढ्दो छ ।

यस्तै, ५ महिनाको अवधिमा भ्रमण व्यय ८५ अर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार भ्रमण व्यय १२.२ प्रतिशतले वृद्धि भई ८५ अर्ब एक करोड पुगेका हो । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ७५ अर्ब ७३ करोड रहेको थियो ।

गत मंसिर मसान्तसम्म खुद सेवा आय ४० अर्ब ७१ करोडले घाटामा रहेको राष्ट्र बेंकले जनाएको छ । सेवा खाता अन्र्तगत समीक्षा अवधिमा भ्रमण आय ३.१ प्रतिशतले वृद्धि भई ३५ अर्ब १९ करोड पुगेको छ ।