images
images

प्रेस सेन्टर सिन्धुपाल्चोकमा सर्वसम्मत नयाँ नेतृत्व, अध्यक्षमा पराजुली

  • ४ माघ २०८१, शुक्रबार १६:४५

प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकको सातौँ अधिवेशनले अशोक पराजुलीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।

अधिवेशनबाट पराजुलीको अध्यक्षतामा सर्वसम्मत १५ सदस्यीय जिल्ला नेतृत्व चयन भएको हो । प्रेस सेन्टर सिन्धुपाल्चोकको उपाध्यक्षमा दिलमाया खड्का र सालिकराम दुलाल, सचिवमा निर्मल बस्नेत, सहसचिवमा  युवराज गिरी र कल्पना श्रेष्ठ तथा कोषाध्यक्षमा केशव प्रसाद अधिकारी निर्वाचित भएका छन् ।

यस्तै, सदस्यमा मिलन तामाङ, निरुता श्रेष्ठ, अर्जुन विक, रामकृष्ण पराजुली, सुवास अर्याल, रियण लामा र सत्यमान तामाङ चयन भएका छन् । अधिवेशनको नेकपा माओवादीका केन्द्रीय सदस्य एवम् चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख, कृष्णप्रसाद सापकोटाले उद्धघाटन गर्नुभएको थियो ।

सातौँ अधिवेशनमा माओवादीका केन्द्रीय सदस्य प्रेमप्रसाद सापकोटा, प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष एवम् बागमती प्रदेश ईञ्चार्ज लक्ष्मण खड्का, नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकका संयोजक गोविन्द पराजुली, प्रेस सेन्टरका केन्द्रीय सचिव सुनिल खड्का, बागमती प्रदेश अध्यक्ष यदुनाथ गौतम, पत्रकार महासँघ सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दंगाल लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।