images
images

सलमान खान नेपाल आउने

  • ५ फाल्गुन २०७८, बिहीबार ०६:३२

काठमाडौं । बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन् ।

उनी अगामी बैशाख ३ गते रंगशालामा आयोजना हुने एक सांगीतिक कार्यक्रमका लागि नेपाल आउने भएका हुन् । लाजिम्पाटमा रहेको ओडीसी इन्टरटेनमेन्टले सलमान खानलाई नेपाल ल्याएर कार्यक्रम गर्न लागेको हो ।खानलाई नेपाल ल्याउने सम्पूर्ण तयारी पुरा भएको ओडीसी इन्टरटेनमेन्टका सीमान्त गुरुङले जानकारी दिनुभयो । नेपालको सुस्ताएको पर्यटन ब्यवसाय चलायमान गराउन बलिउड कलाकार नेपाल ल्याउन लागेको गुरुङको भनाई रहेको छ । सांगीतिक कार्यक्रमका लागि सलमानसहित अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरोयोग्राफर प्रभु देवालगायत ठूलै टोली नेपाल ल्याउने तयारी ओडीसीको रहेको छ । करिब एकदशक अगाडि क्यानेडियन पप गायक ब्रायन एडम्सलाई काठमाडौं ल्याएर भव्य कार्यक्रम गरेको ओडीसीले ०७४ फागुनमा पनि सलमान खान काठमाडौं ल्याउने तयारी गरेको थियो । तर सो समय बिभिन्न कारणले सलमान खानको कार्यक्रम रद्द भएको थियो । बैशाख ३ को कार्यक्रम भने रद्द नहुने गुरुङले जानकारी दिनुभयो ।