images
images

मूर्ति चोर्ने सिन्धुपाल्चोकका एकसहित दुई जना पक्राउ

  • ५ फाल्गुन २०७८, बिहीबार ०७:११

सिन्धुपाल्चोक । काठमाडौंमा मूर्ति चोरीको आरोपमा सिन्धुपाल्चोकका एक सहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ५ का १८ वर्षिय सुदीप नेपाली र रसुवा गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ५ का १८ वर्षिय रमेश बागदास रहेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले ढलौट चोरेर ठमेलबाट डल्लुतर्फ जाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले २ किलो १ सय ग्रामको गणेशको मूर्ति, १ किलो ३ सय ग्रामको गणेशको मूर्ति, १ किलो २ सय ग्रामको गणेशको मूर्ति र १ किलो ५ सय ग्रामको बुद्धको मूर्ति बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद २० अन्तर्गत दफा २ सय ४१ को चोरी गर्न नहुने कसुर मुद्धामा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।