images
images

एक वडा एक पशु स्वास्थ्य क्लिनिक कार्यक्रम अन्तर्गत दोलखामा ३ वटा क्लिनिक स्थापना हुने

  • ५ फाल्गुन २०७९, शुक्रबार ११:३७

जिरी (दोलखा) । बागमती प्रदेश सरकारले एक वडा एक पशु स्वास्थ्य क्लिनिक कार्यक्रम अन्तर्गत पहिलो चरणमा दोलखामा ३ वटा पशु स्वास्थ्य क्लिनिक स्थापना गर्ने भएको छ ।

प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दोलखा सहित प्रदेशभित्र पशु स्वास्थ्य सेवा पुग्न नसकेका ३० स्थानमा पशु स्वास्थ्य क्लिनिक स्थापना गर्ने भएको हो । यहि आर्थिक बर्ष भित्रमा दोलखामा ३ वटा, रामेछापमा २ वटा, सिन्धुपाल्चोकमा ३ वटा, धादिङमा ४ वटा, काभ्रेमा ५ वटा, चितवनमा ४ वटा, सिन्धुलीमा २ वटा, नुवाकोटमा १ वटा, मकवानपुरमा ३ वटा, रसुवामा २ वटा र ललितपुरमा १ वटा क्लिनिक स्थापना गर्न तयारी थालेको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिनुभयो ।

मन्त्रालयले एक वडा एक पशु स्वास्थ्य क्लिनिक कार्यक्रमअन्तर्गत पहिलो चरणमा ३० वटा क्लिनिक स्थापना गर्न लागेको हो । पशुपन्छीको संख्या बढी भएको ठाउँ र भेटेरिनरी विज्ञ केन्द्रको पहुँचबाट टाढा रहेका गाउँमा क्लिनिक स्थापना हुने मन्त्रालयले जनाएको छ ।