images
images

बागमती प्रदेशमा खर्च कटौतीको प्रस्ताव पारित

  • ५ फाल्गुन २०७९, शुक्रबार १३:५२

हेटौँडा । बागमती प्रदेशमा खर्च कटौतीको प्रस्ताव पारित भएको छ ।

प्रदेशको आज बसेको मन्त्रीपरिषद बैठकले सो प्रस्ताव पारित गरेको हो । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव महेश आचार्यको संयोजकत्वमा बनेको कार्यदलले गत माघ २४ गते मुख्यमन्त्री शालिकराम जमकट्टेललाई बुझाएको प्रतिवेदनका आधारमा प्रदेश सरकारले खर्च कटौती गर्ने तयारी गरेको हो । बैठकले प्रदेशको नीति तथा योजना आयोगको सदस्यहरुमा डा. दिपेन्द्र श्रेष्ठ र डा. जयन्त खनाललाई नियुक्त गरेको सरकार प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगनाथ थपलियाले जानकारी दिनुभयो । यसअघि माघ २४ गते आयोगको उपाध्यक्षमा डा. होमनाथ चालिसे नियुक्त हुनुभएको थियो । यो सँगै आयोगले पूर्णता पाएको छ ।

यस्तै बैठकले निजामति कर्मचारी सम्बन्धी कानुन निर्माणका लागि २ वटा प्रतिस्थापन विद्येयकहरु प्रदेशसभा बैठकमा लैजाने निर्णय समेत भएको छ । आजको बैठकले प्रदेश निजामति सेवाको गठन सञ्चालन तथा सेवा सम्बन्धी प्रतिस्थापन विद्येयक र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धी प्रतिस्थापन विद्येयक संसदमा लैजाने निर्णय गरेको हो