images
images

अदालतमा बकपत्र फेर्ने तीन जना विरुद्ध भ्रष्टचार मुद्धा दायर

  • ५ फाल्गुन २०७९, शुक्रबार १७:५८

सिन्धुपाल्चोक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बकपत्र फेरेको भन्दै तीन जनामाथि भ्रष्टचार मुद्धा दायर गरेको छ ।

सरकारी साक्षी बनाएर अदालतमा पेश गरेकोमा उल्टो झुटो बकपत्र गरेको भन्दै आयोगले तीन जना विरुद्ध विशेष अदालतमा भ्रष्टचार मुद्धा दायर गरेको हो । जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सिन्धुपाल्चोकका इन्जिनियर भोगेन्द्र प्रसाद शाह पक्राउ परेको घुसको घटनामा पक्राउ परेका समुन्द्र आचार्य, चिरन्जिवि आचार्य र रत्न प्रसाद आचार्य विरुद्ध मुद्धा दायर भएको हो ।

अख्तियारले उनीहरुलाई सरकारी साक्षीको रुपमा पेश गरेको थियो । तर अदालतमा पुगेपछि यथार्थ विवरण बताउनुपर्नेमा उल्टो बकपत्र गरेपछि अख्तियारले उनीहरुविरुद्ध पनि भ्रष्टचारको मुद्धा दायर गरेको हो । मिलेमतोमा उनीहरुले २९ हजारदेखि ८५ हजारसम्म घुस लिएको अख्तियारको दावि छ ।