images
images

बैतेश्वर गाउँपालिकामा १ सय ४३ घरपरिवार गरिबको सुचिमा, सबैभन्दा बढी गैरीमुदीमा

  • ५ फाल्गुन २०७९, शुक्रबार २१:३५

जिरी (दोलखा) । दोलखाको बैतेश्वर गाउँपालिकाले पालिकाभित्र रहेका विपन्न परिवारको प्रारम्भिक सुचि सार्वजनिक गरेको छ ।

जिल्लाको बैतेश्वर गाउँपालिकामा १ सय ४३ घरपरिवार गरिब परिवारको सुचिमा सुचीकृत भएका हुन्। भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले बैतेश्वर गाउँपालिकाको समन्वय र सहकार्यमा गरिब घरपरिवार पहिचान सर्वेक्षण २०७८ मा आधारित गरिब परिवार पहिचान तथा परिचपत्र वितरण कार्यक्रम अन्तर्गत तथ्यांक संकलन र विश्लेषण गरी प्रारम्भिक सुचि प्रशासन गरेको हो । सो कार्यक्रम अन्र्तगत तथ्यांक संकलन तथा विश्लेषण गरी प्रारम्भिक रुपमा पहिचान भएका गरिब परिवारहरुको सुची सार्वजनिक गरेको बेतेश्वर गाउँपालिको जनाएको छ । जसअनुसार पालिकाभित्र १२ घरपरिवार अति गरिब, ४७ परिवार मध्यम गरिब र ८४ परिवार सामान्य गरिवको रुपमा पहिचान गरिएको छ ।

बैतेश्वर गाउँपालिका वडा नम्बर १ गैरीमुदी र वडा नम्बर २ पुतलीकाठका बढी घरपरिवार गरिब परिवार सुचिमा समावेश भएका छन् । यी दुई वटा वडामा ३२/३२ परिवार गरिब परिवारमा सुचीकृत भएका छन् । वडा नम्बर १ गैरीमुदी पालिका अध्यक्ष छवि लामाको गृह वडा पनि पर्छ । यसपछि वडा नम्बर ८ क्षेत्रपामा २५ घर परिवार गरिब परिवारको सुचिमा समावेश भएका छन् । सबै भन्दा कम बैतेश्वर गाउँपालिका वडा नम्बर ४ काब्रे र वडा नम्बर ५ मैनापोखरीमा ६/६ घर परिवार गरिबीको सुचिमा सुचीकृत भएका छन् भने वडा नम्बर ३ मिर्गे र वडा नम्बर ६ नाम्दुमा १५ /१५ घर तथा वडा नम्बर ७ मार्बुमा १२ घर विपन्न तथा गरिब घर परिवारका रुपमा पहिचान भएको गाउँपालिकाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित सुची उपर सम्बन्धित परिवार वा अन्य कसैको गुनासो भएमा सो गुनासो सम्बोधन गरी गरिव परिवारको सुची स्वीकृत गर्ने र परिचयपत्र जारी गरिनेछ । त्यसका लागि हिजोको मिति देखि १५ दिनभित्र सम्बन्धित वडा कार्यालय तथा गुनासो सुनुवाई अधिकारी समक्ष पर्याप्त आधार र कारण समेत खुलाई गुनासो दर्ता गराउन सक्ने पालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम ज्ञवालीले जानकारी दिनुभयो । गरिब परिवारको सूचिमा परेका कुनै परिवारले इच्छुक नभएमा नाम हटाउन स्वघोषणा पेश गर्नुपर्नेछ ।

गरिबीको रेखामुनी रहेका नेपाली नागरिकहरुका घरपरिवारलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्न तथा त्यस्ता परिवारलाई राज्यको स्रोत, साधन र क्षमताले पुगेसम्म सामाजिक संरक्षण प्रदान गर्ने उद्धेश्यले गरिब घरपरिवारको पहिचान गरिएको हो ।

नामावलीः