images
images

मेयरका स्वकीय सचिवको निधनमा रामेछाप नगरपालिकामा शोक विदा

  • ५ फाल्गुन २०८०, शनिबार २२:०२

रामेछाप । रामेछापको रामेछाप नगरपालिकाले नगरप्रमुखका स्वकीय सचिवको मृत्यु भएपछि भोली शोक विदा दिएको छ ।

नगर प्रमुख लवश्री न्यौपानेका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको वनभोजमा खाना खाने क्रममा सर्केर मृत्यु भएपछि भोली नगरपालिकाले शोक विदा दिएको हो । श्रेष्ठको मृत्यु पछि सुचना जारी गर्दै नगरपालिकाले शोक विदा दिएको हो । रामेछाप नगरपालिकाका कर्मचारीहरुले आज सोही पालिकाको वडा नम्बर ७ सुकाजोर स्थित ताराखस्यो पोखरीमा वनभोज कार्यक्रमको आयोजना गरेका थिए । वनभोजमा खाना खाने क्रममा सर्केपछि श्रेष्ठलाई लामो समयसम्म खोकी लागेको थियो । त्यसपछि उनलाई जिल्ला अस्पताल रामेछाप पुर्याइएको थियो । सो अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लैजाने तयारी गर्दैगर्दा उनको मृत्यु भएको थियो ।

भोली अत्यावश्यक सेवा बाहेक नगरपालिकाको कार्यालय तथा अन्तर्गतका सबै कार्यालयहरु र विद्यालयहरु समेत बन्द रहनेछन् ।