images
images

ट्याक्टर दुर्घटनामा घाइते भएका सिन्धुलीका एक वडा सदस्यको मृत्यु

  • ५ फाल्गुन २०८१, सोमबार ०९:५८

सिन्धुली । सिन्धुलीमा ट्याक्टर दुर्घटना हुँदा घाइते भएका एक वडा सदस्यको मृत्यु भएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका –१ का निर्वाचित वडा सदस्य ३४ वर्षीय केशवकुमार माझीको उपचारको क्रममा मृत्यु भएको हो । गत माघ २० गते माझीले चलाएको टयाक्टर दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए । वडा सदस्य माझीको काठमाडौंको केएमसी अस्पतालमा हिजो मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा घाइते भएका १४ वर्षीय अर्जुन माझीको उपचारकै क्रममा गत माघ २६ गते मृत्यु भएको थियो ।