
काठमाडौँ । भारतको एक विद्यालयमा बी–टेक अध्ययनरत नेपाली विद्यार्थी मृत फेला परेकी छिन् ।
भारतको कलिंगा ईन्स्टिच्युट अफ ईन्डस्ट्रियल टेक्लोनोजी (केआईआईटी) मा अध्ययनरत् नेपाली विद्यार्थीको शंकास्पद मृत्यु भएको हो । ओडिसाको भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल मृत फेला परेकी हुन् । उनी अध्ययनरत कलेजले भने विज्ञप्ती जारी गर्दै उनले आत्महत्या गरेको जानकारी गराएको छ । तर, ओडिसाको पत्रिका संवादको अंग्रेजी संस्करणले भने उनी आफ्नो पुरुषसाथीबाट दुर्व्यवहारमा परेको उल्लेख गर्दै मृत्युको यकिन कारण खुलिनसकेको जनाएको छ ।
यसैबीच, मृत फेला परेकी नेपाली विद्यार्थीको न्यायको माग गर्दै भएको प्रदर्शनमा कलेज प्रशासनले दमन गरेको छ । कलेजको होस्टलमा मृत फेला परेकी मैनालीबारे गम्भीरतापुर्वक अनुसन्धान गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका नेपालीहरुलाई कलेज प्रशासनले निकालिदिएको बताईएको छ ।
घटनाबारे छानबिन गर्न माग गर्दै प्रदर्शन सुरु गरिएकोमा विद्यालय प्रशासनले त्यसलाई दबाउन आँफुहरुलाई कलेजबाट निकालेको आईटी चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुले बताएका छन् । सो केलजमा करिव १५ सय नेपाली विद्यार्थी अध्ययनरत रहेका थिए ।