images
images

सवारी दुर्घटना विकरालः माघ महिनामा १९९ जनाको मृत्यु

  • ५ फाल्गुन २०८१, सोमबार १५:५६

काठमाडौँ । मुलुकभर पछिल्लो एक महिनाको अवधिमा साढे चार हजार भन्दा बढि सवारी दुर्घटना भएको छ ।

माघ महिनामा मात्रै मुलुकभर ४ हजार ५३५ सवारी साधन दुर्घटना भएको हो । कुल २ हजार ९०६ वटा दुर्घटनाको घटनामा साँढे ४ हजार सवारी साधन परेको र १९९ जनाको मृत्यु भएको नेपाल प्रहरीको तथ्यांक छ ।

मृत्यु हुनेमा सबैभन्दा बढि १४७ जना पुरुष रहेका छन् भने ३९ जना महिला, ११ जना बालक र २ बालिका रहेका छन् । सो दुर्घटनामा परि ५६० जना गम्भीर र ३ हजार ३५१ जना सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा पर्ने सवारी साधनमध्य सबैभन्दा बढि २ हजार ४७४ वटा मोटरसाईकल रहेको प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरिक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो । यो कुल दुर्घटनाको ५४.५५ प्रतिशत हो । त्यसपछि दोस्रोमा जिप, कार भ्यान, माईक्रो लगाएतका साना सवारी साधन दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सबैभन्दा बढी दुर्घटना तीव्र गतिका कारण भएको प्रहरी प्रधान कार्यालयको निश्कर्ष छ ।