images
images

कक्षा १२ को परीक्षा आगामी वैशाख १४ गतेबाट सुरु हुने

  • ५ फाल्गुन २०८२, मंगलवार ११:५३

काठमाडौं । कक्षा १२ को परीक्षा आगामी वैशाख १४ गतेबाट हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै २०८२ सालको कक्षा १२ को परीक्षा आगामी वैशाख १४ देखि २७ गतेसम्म हुने तालिका सार्वजनिक गरेको हो। तोकिएको परीक्षा कार्यक्रम अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः अर्को व्यवस्था नगरिने बोर्डले जनाएको छ। कुनै आकस्मिक बिदा पर्न गएमासमेत परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाविना परीक्षा स्थगित नगरिने सूचनामा उल्लेख छ।

गत वर्ष कक्षा १२ को परीक्षा बैशाख २१ गते देखि शुरु भएको थियो ।