images
images

बैंकिङ कसुर मुद्धामा फरार काभ्रेपलाञ्चोकका एक पुरुष पक्राउ

  • ३ चैत्र २०७८, बिहीबार १४:५२

काठमाडौं । बैंकिङ कसुर मुद्धामा फरार काभ्रेपलाञ्चोकका एक पुरुष पक्राउ परेका छन् ।

काभ्रेपलाञ्चोक घर भई गोकर्णेश्वर नगरपालिका वडा नम्बर १२ बस्ने ५६ वर्षीय डल्ले कामीलाई प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत पाटनले २०७८ कात्तिक २८ मा बैंकिङ कसुर मुद्धामा नगद १८ लाख रुपैँया जरिवाना र ५ दिन कैद सजाय तोकेपछि कामी फरार भएका थिए । त्यसलगत्तै फरार उनलाई करिब ५ महिनापछि प्रहरीले गोकर्णेश्वर नगरपालिकास्थित जम्बु डाँडाबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीमाथि आवश्यक कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ ।