images
images

होली खेल्ने क्रममा घरबाट खस्दा सिन्धुपाल्चोककी किशोरी गम्भीर घाईते

  • ३ चैत्र २०७८, बिहीबार १६:४७

काठमाडौं । काठमाडौंँमा होली खेल्ने क्रममा घरबाट खस्दा सिन्धुपाल्चोककी एक किशोरि गम्भीर घाईते भएकी छिन् ।

बौद्धको दक्षिणढोकास्थित साँढे दुई तलाको एक घरबाट खस्दा सिन्धुपाल्चोककी विनिता चौलागाईँ गम्भीर घाईते भएकी हुन् । होली खेल्न आफन्तकोमा गएकी उनी घरबाट खसेर गम्भीर घाईते भएको काठमाडौं प्रहरी परिसर टेकुका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो । उहाँकाअनुसार गम्भीर घाईते उनको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको छ । कक्षा ११ मा अध्ययनरत चौलागाई र उनका दाजु बौद्धमा डेरा गरी बस्दै आएका थिए ।