images
images

उपराष्ट्रपतिको निर्वाचनका लागि आज मतदान हुने

  • ३ चैत्र २०७९, शुक्रबार ०७:४७

काठमाडौं । उपराष्ट्रपतिका लागि आज मतदान हुने भएको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने मतदानमा संघीय सांसद र प्रदेशसभाका सदस्य गरी ८ सय ८१ जनाले उपराष्ट्रपतिमा मतदान गर्ने भएका हुन् । संसद भवनको ल्होत्से हलमा मतदान केन्द्रको व्यवस्था गरिएको छ । मतदान सम्पन्न भएलगत्तै गणना सुरु गरिने र साँझ ६ बजेसम्म परिणाम सार्वजनिक गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

संघीय सांसदले दिएको एक भोटको ७९ र प्रदेशसभा सदस्यले दिएको एक भोटको ४८ मतभार हुनेछ । उपराष्ट्रपतिका लागि चार जना उम्मेदवार प्रतिस्पर्धामा छन् । सत्तारुढ गठबन्धनबाट रामसहायप्रसाद यादव र प्रमिला कुमारी झा, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य तथा जनमत पार्टीबाट ममता झा उम्मेदवार छन् ।जनता समाजवादी पार्टीका उम्मेदवार रामसहायप्रसाद यादवलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदको समर्थन छ। जनमत पार्टीकी झालाई भने लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका सांसदले समर्थन गरेका छन् ।