images
images

दोलखाका तीन क्याम्पसमा स्ववियु निर्वाचन हुँदै, सभापतिमा ६ जनाबीच प्रतिस्पर्धा

  • ३ चैत्र २०७९, शुक्रबार १४:२१

दोलखा । दोलखाका तीनवटा क्याम्पसमा चैत ५ गते राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन हुँदैछ ।

जिल्लाका ११ वटा क्याम्पसमध्ये जिरी क्यापस जिरी, त्रिपुरा क्याम्पस नाम्दु र प्रताप स्मृति कलेज सिंगटीमा चैत ५ गते स्ववियुको निर्वाचन हुनेछ । यी तीनवटा क्याम्पसबाट सभापतिका लागि ६ जना प्रतिस्पर्धामा छन् । स्ववियु निर्वाचनका लागि नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठन, नेपाली कांग्रेस निकट नेविसंघ र नेकपा एकिकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुबीच गठनबन्धन भएको छ भने नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु एक्लै प्रतिस्पर्धामा छ ।

स्ववियु निर्वाचनका लागि जिरी क्याम्पस जिरीबाट सभापतिमा गठबन्धनको तर्फबाट समाजवादी निकट विद्यार्थी संगठनको तर्फबाट विनोद बस्नेत र नेकपा एमाले निकट विद्यार्थी संगठनबाट ज्योति खड्का प्रतिस्पर्धामा छन् । यस्तै प्रताप स्मृति कलेज सिंगटीबाट गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको तर्फबाट रुपेश अर्याल र एमाले निकट अनेरास्ववियुबाट बालकृष्ण ओली प्रतिस्पर्धामा छन् भने त्रिपुरा क्याम्पस नाम्दुमा गठबन्धनको तर्फबाट सभापतिमा नेविसंघका सरोज थापा र एमाले निकट अनेरास्ववियुबाट सत्कार खत्री प्रतिस्पर्धामा छन् ।

स्ववियु निर्वाचनका लागि आजदेखि मौन अवधि सुरु भएको छ । मौन अवधिमा कुनै पनि विद्यार्थी संगठनले प्रचारप्रसार गर्न, भोट माग्न पाउने छैनन् । स्ववियु निर्वाचन आचारसंहिता अनुसार गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको हो । देशभरका ६२ वटा आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा एकै साथ चैत ५ गते मतदान हुनेछ ।