images
images

उपराष्ट्रपतिमा जसपाका यादव निर्वाचित

  • ३ चैत्र २०७९, शुक्रबार १६:३९

काठमाडौँ । उपराष्ट्रपतिमा जसपाका रामसहाय प्रसाद यादव निर्वाचित हुनुभएको छ ।

नेकपा एमालेकी उम्मेदवारी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झालाई पराजित गर्दै यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । यादवले संघतर्फ १ सय ८४ र प्रदेशतर्फ ३ सय २९ जना सांसदको समर्थन पाउनुभएको छ भने शाक्यले प्रदेशतर्फ १ सय ६९ र संघतर्फ १ सय ४ जना सांसदको मत प्राप्त गर्नुभएको छ । यस्तै जनमत पार्टीकी ममता झाले प्रदेशतर्फ १५ र संघतर्फ २३ मत प्राप्त गर्नुभएको छ । उपराष्ट्रपति निर्वाचनका लागि आज दिउँसो भएको मतदानमा ८ सय २९ मत खसेको थियो । जसमा संघीयतर्फ ३ सय ११ र प्रदेशतर्फ ५ सय १८ मत खसेको हो । उपराष्ट्रपति निर्वाचनमा ५३ जना सांसदले मतदान गरेका छैनन । २१ जना संघीय सांसद र ३२ जना प्रदेश सांसदले उपराष्ट्रपतिको निर्वाचनमा मतदान नगरेका हुन् ।

यसैबीच, जनमत पार्टीबाट उपराष्ट्रपतिको उम्मेदवार बनेकी ममता झालाई प्रस्ताव र समर्थक बसेकै पार्टीले मत नदिएको खुलेको छ । उपराष्ट्रपतिमा झाको समर्थक र प्रस्तावकमा लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी थिए । तर यी दुवै दलले जनता समाजवादी पार्टी नेपाल जसपाको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनेका रामसहायक यादवलाई मतदान गरेको खुलेको हो ।