images
images

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले चैत ८ गते विश्वासको मत लिने

  • ३ चैत्र २०७९, शुक्रबार १७:४१

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत ८ गते विश्वासको मत लिनुहुने भएको छ ।

सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यममन्त्री जम्कट्टेलले पुनः विश्वासको मत लिनुपर्ने भएको हो । गत पुस २६ गते बागमती प्रदेशको चौँथो मुख्यमन्त्रीमा नियुक्त भएपछि उहाँले माघ ३ गते विश्वासको मत लिनुभएको थियो । त्यसबेला जम्कट्टेललाई संसदका ७ दलमध्ये ६ दलले विश्वासको मत दिएका थिए । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा एस र हाम्रो नेपाली पार्टीका सांसदको समर्थनमा मुख्यमन्त्री बन्नुभएका जम्कट्टेलाई नेमकिपा बाहेक नेपाली कांग्रेस सहित ६ दलले विश्वासको मत दिएका थिए । ५ दलको समर्थनमा मुख्यमन्त्री बने पनि जम्कट्टेलले सरकारमा भने राप्रपा, एमाले र माओवादीलाई मात्रै सहभागी गराउनुभएको थियो ।

केन्द्रमा बनेको दलिय समिकरण अनुसार राप्रपालाई सरकारमा लगेपनि केन्द्रमा भएको राजनितिक परिवर्तनका कारण राप्रपा बागमती प्रदेश सरकारबाट बाहिरिएको छ भने समर्थन पनि फिर्ता लिएको छ । राप्रपाले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेलले फेरि विश्वासको मत लिने तयारी गर्नुभएको हो ।