
रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिकामा फोर्स गाडी दुर्घटना हुँदा ८ जना घाईते भएका छन् ।
जिल्लाको लिखु तामाकोसी गाउँपालिका–६ खिम्ती छ्तउ्ने खोला नजिक फोर्स गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका हुन् । दुर्घटनामा परी गोकुलगंगा गाउँपालिका –४ बेतालीकी सुस्मा खड्का, लेखबहादुर खड्का, पुर्णबहादुर सार्की, सुजन भुजेल, हेटौँडा उपमहानगरपालिका बस्ने तेजबहादुर खड्का, विष्णुदेवी खड्का र लालवन्दी नगरपालिका –१५ बस्ने कालीबहादुर खड्का घाइते भएका छन् । घाइतहरुको मन्थली अस्पतालमा उपचार भैरहेको छ ।
रामेछापको गोकुलगंगा गाउँपालिका–५ बेताली बाट भारतको जयपर जाँदै गरेको भारतीय आर जे १४ टिडि ८६८७ नम्बरको फोर्स गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । गाडीको ब्रेक फेल भई सडकबाट करिब ५ मिटर तल खसेको रामेछापका प्रहरी प्रमुख डिएसपी प्रदीप कुमार सिंहले जानकारी दिनुभयो ।