दोलखा । नेकपा माओवादी केन्द्रले दोलखाको ५ स्थानीय तहमा अध्यक्षको उम्मेदवार टुङ्गो लगाएको छ ।
माओवादी केन्द्रले जिल्लाको बैतेश्वर, तामाकोशी, मेलुङ, कालिञ्चोक र गौरीशंकर गाउँपालिकागरी ५ स्थानीय तहमा आगामी स्थानीय तह निर्वाचनका लागि अध्यक्षको उम्मेदवार तय गरेको हो । जसअनुसार हिजो मात्रै गौरीशंकर गाउँपालिकाबाट अध्यक्षको उम्मेदवार युवा नेता विश्वास कार्कीलाई बनाउने निर्णय भएको छ । नेकपा माओवादी केन्द्र गौरीशंकर गाउँकमिटीले उर्जाशिल युवा नेता कार्कीलाई पार्टीको तर्फबाट पालिका अध्यक्षको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको हो । जनयुद्धका योद्धा कार्की नेकपा माओवादी केन्द्र गौरीशंकर गाउँपालिकाका पार्टी कमिटी इन्चार्ज हुन् । उनी माओवादी केन्द्रका केन्द्रिय सदस्य गंगा कार्की (विश्व)का छोरा समेत रहेका छन् ।
यसअघि शुक्रबार माओवादीले मेलुङ गाउँपालिकामा संस्थापक, त्यागी, इमान्दार एवम् लोकप्रिय पुराना नेता शंकर लामालाई पालिका अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो । ४२ बर्षे राजनीतिक जीवनमा निकै उतारचढाव झेलेका ६१ बर्षिय नेता लामा माओवादी केन्द्रका प्रभावशाली एवम् चर्चित नेता हुन् । लामा माओवादी केन्द्र दोलखाका संस्थापक ५ नेतामध्ये एक हुन् । केही दिन अघि मात्रै माओवादीले पार्टीका जिल्ला संयोजकको भुमिकामा रहेका नेता कुलबहादुर बुढाथोकीलाई कालिञ्चोकको पालिका अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
माओवादीले संस्थापकदेखि युवा नेता सम्मलाई चुनावी मैदानमा उर्तान लागेको हो । नेकपा माओवादी केन्द्रले हालसम्म दोलखाको ५ स्थानीय तहमा अध्यक्षको उम्मेदवार टुङ्गो लगाएको छ । जिल्लामा गठबन्धन हुने भनिएपनि पार्टीले गठबन्धनको आकांक्षालाई नतोड्गरी उम्मेदवार घोषणा गरिरहेको जनाएको छ । अन्य ४ स्थानीय तहमा भने उम्मेदवार टुङग्याउनका लागि आन्तरिक छलफल जारी छ । यद्धपी गठबन्धनको निचोर्ड भने अझै आउन सकेको छैन ।
त्यसअघि पार्टीले जिल्लाकै बैतेश्वर गाउँपालिकाका लागि लामो समय पत्रकारिता र समाजसेवामा आवद्ध रहेका युवा एवम् लोकप्रिय नेता लक्ष्मण खड्कालाई अध्यक्षको उम्मेदवार बनाउने घोषणा गरेको थियो भने तामाकोशी गाउँपालिकामा नेता शन्तोष केसीलाई अघि सारिएको थियो । माओवादीले संस्थापकदेखि युवा नेता सम्मलाई चुनावी मैदानमा उर्तान लागेको हो । अन्य ४ स्थानीय तहमा भने उम्मेदवार टुङग्याउनका लागि आन्तरिक छलफल जारी छ । भीमेश्वरमा नेता सुन्दर केसी, जिरीमा गेल्बु शेर्पा, विगुमा संजिव ओलीको नाम चर्चामा रहेपनि पार्टीको आधिकारीक निर्णय आउन बाँकी छ । शैलुङ गाउँपालिकामा पनि माओवादीको उम्मेदवार टुङ्गिन बाँकी छ । जिल्लामा गठबन्धन हुने भनिएपनि पार्टीले गठबन्धनको आकांक्षालाई नतोड्गरी उम्मेदवार घोषणा गरिरहेको जनाएको छ । यद्धपी गठबन्धनको निचोर्ड भने अझै आउन सकेको छैन । केन्द्रबाटै आवश्यकता अनुसार गठबन्धन दल स्थानीय तहमा मिलेर जाने निर्णय भएको बेला दोलखामा पनि सोही अनुसार हुने अनुमान छ ।
तर, हालसम्म दोलखामा गठबन्धन गरेर जाने दलहरु मध्ये माओवादीले धमाधम उम्मेदवार घोषणा गरेपनि अन्य दल मौन छन् । जिल्लामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र जनता समाजवादी पार्टीबीच गठबन्धन हुनेछ । यता गठबन्धनको निष्कर्ष आउन बाँकी रहँदा अहिलेसम्म एमालेले पनि उम्मेदवार घोषणा गर्न सकेको छैन । उम्मेदवारको मनोनयको लागि बैशाख ११ गतेको लागि तोकिएको समय आउन एक साता मात्रै बाँकी रहेको छ ।
संघीयतापछि स्थानीय तहमा निर्वाचित भएका पहिलो जनप्रतिनिधिको कार्यकाल सकिन लागेकाले यही बैशाख ३० गते नयाँ जनप्रतिनिधि चयनका लागि देशभरको ७ सय ५३ वटै स्थानीय तहमा निर्वाचन हुँदैछ ।