images
images

स्याङ्जामा जीप दुर्घटनामा परी ७ जनाको मृत्यु

  • ४ बैशाख २०७९, आईतवार ११:३२

काठमाडौं । स्याङ्जामा जीप दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।

जिल्लाको वालिङ नगरपालिका वडा नम्बर १२ डाँडाखर्कस्थित सडकमा आज विहान साँढे १० बजे जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो । मृतकको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । जीपनमा सवार १३ मध्ये ६ जना घाईते भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी जवान गमबहादुर क्षेत्रीले जानकारी दिनुभयो । घाईतेमध्ये २ जनालाई उपचारका लागि पोखरा रिफर गरिएको छ भने थप ४ जनाको वालिङ प्राथमिक स्वास्थ्य चौँकी स्याङ्जामै उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप विवरण आउन बाँकी छ ।