images
images

दोलखा कांग्रेसमा किचलोः उम्मेदवार अझै टुंगो लाग्न सकेन

  • ४ बैशाख २०७९, आईतवार १२:२८

दोलखा । आगामी बैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनमा गठबन्धनसँग तालमेल गरेर जाने निर्णय गरेको नेपाली कांग्रेस दोलखाले उम्मेदवार टुंग्याउन सकेको छैन ।

स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गर्न ७ दिन मात्रै बाँकी रहँदा नेपाली कांग्रेस दोलखाले अझै उम्मेदवारको टुंगो लगाउन नसकेको हो । नेकपा माओवादी केन्द्रले धमाधम उम्मेदवारको टुंगो लगाईरहँदा कांग्रेश, एमाले, नेकपा एकीकृत समाजवादीले अझै उम्मेदवारको टुंगो लगाएका छैनन् । पार्टीभित्रको आन्तरिक तनाव र धेरै आकांक्षी देखिएका कारण कांग्रेसले हालसम्म एउटा पनि स्थानीय तहमा उम्मेदवारको टुंगो लगाउन नसकेको हो । यद्यपि कांग्रेशले कतिपय पालिकाहरुमा आन्तरिक रुपमा उम्मेदवारको नाम टुंगिएपनि सार्वजनिक भने नगरिएको बताएको छ ।

नेपाली कांग्रेश दोलखाका पूर्ब सभापति रुद्रबहादुर खड्काले केन्द्रको निर्देशन अनुसार जिल्लाका शिर्ष नेताहरु गठबन्धनभित्र साझा उम्मेदवार छनौटमा व्यस्त रहेका कारण उम्मेदवारको नाम टुंगिएपनि सार्वजनिक नगरिएको बताउनुभयो । स्थानीय तह निर्वाचनमा जिल्लाको भीमेश्वर नगरपालिकाको नगर प्रमुखमा कांग्रेसको तर्फबाट ईश्वर नारायण मानन्धर, बेदबहादुर केसी र राजेश श्रेष्ठको दावी रहेको छ । उनीहरुमध्ये यसअघिको निर्वाचनमा नगर प्रमुखमा पराजित भएका मानन्धरको भने बलियो दावी रहेको छ ।

यस्तै, जिरी नगरपालिकामा कांग्रेशको तर्फबाट नगर प्रमुखमा सोनाम शेर्पा र लाक्पा शेर्पाको दावी छ । यी दुईमध्ये सोनाम शेर्पा नगर प्रमुखको बलियो दावेदारका रुपमा आएका छन् । अघिल्लो पटक नगर प्रमुखको उम्मेदवार बनेका उनी पराजित भएका थिए भने वडा नम्बर १ का वडाध्यक्ष तथा नगर उपसभापति लाक्पा शेर्पाले पनि नगर प्रमुखमा उठ्ने आकांक्षा देखाएका छन् ।

आगामी बैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनमा गठबन्धनसँग तालमेल गरेर जाने निर्णय गरेको नेपाली कांग्रेस दोलखाले उम्मेदवार टुंग्याउन सकेको छैन । पार्टीभित्रको आन्तरिक तनाव र धेरै आकांक्षी देखिएका कारण कांग्रेसले हालसम्म एउटा पनि स्थानीय तहमा उम्मेदवारको टुंगो लगाउन नसकेको हो । यद्यपि कांग्रेशले कतिपय पालिकाहरुमा आन्तरिक रुपमा उम्मेदवारको नाम टुंगिएपनि सार्वजनिक भने नगरिएको बताएको छ ।

विगु गाउँपालिकामा हाल गाउँपालिकाको अध्यक्ष रहेका युधिष्ठिर खड्का र पार्टीका जिल्ला सचिव तथा तरुण दलका अध्यक्ष दावासाङ्गे शेर्पा गाउँपालिकाका अध्यक्षका दावेदार हुन् । उनीहरु दुवै जनाले अध्यक्ष पदका लागि सशक्त रुपमा दावी गरेका छन् । कालिञ्चोक गाउँपालिकामा पनि अर्जुन शिवाकोटी, जगतमणि शिवाकोटी, सन्तोष पाठक, गोपि शिवाकोटी, लगायतको दावी छ । यद्धपी कालिञ्चोकमा नेपाली कांग्रेसको जिल्ला उपसभापति अर्जुन शिवाकोटी प्रमुख दावेदारका रुपमा देखिएका छन्् ।

यसैगरी, तामाकोशी गाउँपालिकामा उद्धवराज काफ्ले, भवेन्द्र कार्की, महेश काफ्ले र कुमार भुजेलले पालिकाको प्रमुखमा दावी गरेका छन् । तीमध्ये पुर्व पार्टी सभापति उद्धवराज काफ्ले गाउँपालिका अध्यक्षको प्रमुख दावेदारको रुपमा मानिएका छन्् भने गत स्थानीय तहको निर्वाचनमा दोस्रो भएका भवेन्द्र कार्की पनि नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षका प्रमुख दावेदार हुन । यस्तै कांग्रेस जिल्ला अधिवेशनमा सचिव पदमा पराजित भएका कुमार भुजेल र वडा नम्बर १ का अध्यक्ष महेश काफ्ले पनि अध्यक्षमा दावी गरिरहेका छन् ।

शैलुङ गाउँपालिकाको अध्यक्ष पदका लागि कांग्रेसबाट सिंह बहादुर तामाङ, रामेश्वर उप्रेति, कुमार अधिकारी, दावा दोर्जे लामाको नाम चर्चामा रहेको छ । यसअघि अध्यक्षमा पराजित भएका तमाङले दोहोरिन चाहेका हुन् भने अन्य नयाँ अनुदार प्रमुख दावेदारको रुपमा रहेका छन्् । यता, गौरीशंकर गाउँपालिकामा श्याम सुन्दर तामाङ र कमल विक्रम खड्का अध्यक्षका दावेदार देखिएका छन् ।

मेलुङ गाउँपालिकामा जिल्ला सभापति बर्मा लामा मात्रै पालिका अध्यक्षका एक्ला दावेदार देखिएका छन् । गत स्थानीय निर्वाचनमा उनी एमालेसँग पराजित भएका थिए । वैतेश्वर गाउँपालिकामा छवि लामा, शुक्रराज तामाङ, छवि मोक्तान, राजु उप्रेति लगायत अध्यक्षका आकांक्षी रहेका छन् । वैतेश्वरमा धेरै आंकाक्षी देखिएपछि अध्यक्ष टुंग्याउन हम्मेहम्मे परेको छ । पालिका प्रमुखका लागि धेरै आकांक्षी भएको र नेताहरुबीचको आन्तरिक विवादका कारण कांग्रेसलाई जिल्लामा सहजै उम्मेदवार चयन गर्न कठिन हुने देखिएको छ । यद्यपि कांग्रेसले गठबन्धनको धारणा आएपछि उम्मेदवारको नाम सार्वजनिक गर्ने बताउँदै आएको छ ।